Frequently Asked Questions

वास्तुशास्त्र वास्तुकलाको परम्परागत प्रणाली हो । जुन हजारौं वर्ष पहिले सुरु भएको मानिन्छ । वैदिककालमा विश्वकर्मालाई वास्तुको व्यवस्थापनको जिम्मा दिइएको थियो । विश्वकर्माले देवालयदेखि मानव आश्रम र व्यवसायिक भवनको निर्माण फरकफरक शैलीमा बनाउन निर्देशन गरेका छन् । खासमा वातावरणीय उर्जाका आधारमा मानव कल्याण, शान्ति र समृद्धिका लागि सकारात्मकता सिर्जना गर्ने पौराणिक शास्त्रीय मान्यता वास्तुशास्त्र हो ।

वास्तुको उद्देश्य प्राकृतिक ऊर्जाहरूसँग हाम्रो घर या कार्यालयको उर्जा मिलाउने कार्य हो । आधुनिक समयमा यसको अझ बढी महत्व छ । शहरी जीवन, अत्याधिक यन्त्रहरुको प्रयोग, अधिक व्यस्तता जस्ता कारणहरुले मानिस तनाव रहन्छ । वास्तुशास्त्रले नकारात्मक उर्जा हटाई सकारात्मक उर्जाको व्यवस्थापन गर्न मद्दत गर्छ । त्यसैले वास्तुको महत्व झन् बढेको छ ।

वास्तुशास्त्रका आधारभूत सिद्दान्त दिशाहरुको उर्जा हो । प्रत्येक दिशाहरुको आफ्नै उर्जाहरु छन् । सबै दिशाका सबै उर्जाहरु हाम्रोलागि अति आवश्यक र महत्वपूर्ण छ । दिशाहरुको उर्जा र तत्वका आधारमा हाम्रो वातावरणलाई सन्तुलित बनाउने काम वास्तुशास्त्रको हो । दिशाहरुको उर्जासँगै पञ्चमहाभूतको शक्ति सन्तुलन र पर्याप्तता अनिवार्य हुन्छ । वास्तुशास्त्रमा पृथ्वी, जल, अग्नि, वायु र आकाश तत्वहरूको सन्तुलनलाई जोड दिइन्छः । त्यसरी नै निर्माण कार्यमा कार्य अनुसार स्थापना गरिने स्थान र वस्तुहरुको स्थापनालाई वास्तुशास्त्रले विशेष महत्व दिएको हुन्छ ।

सकिन्छ । निर्माण भइसकेका घर या भवनमा पनि वास्तु अनुकूल बनाउन सकिन्छ । शुरु कै अवस्थामा बढी सजिलो त हुन्छ तर निर्माण भइसकेको अवस्थामा पनि वास्तु सिद्धान्तहरूको आधारमा सुधार गर्न सकिन्छ र गर्नुपर्छ ।

हो, वास्तु विज्ञानले विद्यमान अवस्थाको निवास, व्यवसाय, उद्योग या कार्यालयमा वास्तु दोष भए नभएको यकिन गरी सकेसम्म विना तोडफोड वास्तु उपचारको सल्लाह दिँदै आएको छ । त्यहाँ प्रयोग भएका फर्निचर या अन्य वस्तुहरु, रंग, प्रवेशद्वार, भान्साघर, शयनकक्ष, कार्यालय, कामदारहरुको स्थान, शौचालय आदिको अवस्थालाई पुनः व्यवस्थित गरी सकारात्मक उर्जा सिर्जना गर्न सकिन्छ ।

वास्तवमा वास्तुदोषले उसको प्रकृति अनुसार समस्या दिइरहेको हुन्छ । वास्तु विज्ञानले समस्याको कारण पत्ता लगाई सम्बन्धित वास्तुदोष उपचार गर्न तपाईको सहयोग गर्छ । रोग या शारीरिक समस्या, आर्थिक तनाव, मानसिक चिन्ता, सम्बन्धमा उत्पन्न समस्या आदिका आधारमा फरकफरक विधिबाट उपचार संभव छ र वास्तु विज्ञान यो सेवा दिँदै आएको छ ।

पक्कै पनि गलत स्थानमा स्थापित वस्तुले नकारात्मक उर्जा उत्पन्न गरिरहेको हुन्छ । जस्तै हरेक घरमा प्रयोग हुने ऐना । ऐना सकारात्मक ऊर्जाको प्रतीक हो । उर्जा बढाउन ऐनाको उपयोग गरिन्छ तर यही ऐना गलत स्थानमा राखिन्छ भने नकारात्मक उर्जालाई सोचेभन्दा बढी बढाउँछ ।

रंगहरुको प्रयोग अवस्था र आवश्यकता अनुसार फरकफरक हिसाबले गरिन्छ । हामीलाई थाहा नै छ रातो रंगलाई उच्चतम् उर्जाको रुपमा लिइन्छ भने सेतो रंगलाई शान्ति र सौम्यताका रुपमा हेरिन्छ । घर या कार्यालयमा पनि रंगहरुको छनौट गर्दा वास्तुसम्मत् हिसाबले गर्नुपर्छ किनकि रंगले हाम्रो मूड र ऊर्जालाई प्रत्यक्ष असर गर्छ ।

प्रकृति प्रत्यक्ष वास्तु हो । प्राकृतिक वस्तुहरु आफै वास्तुसम्मत छन् । बिरुवाहरु प्रकृतिका पर्याय हुन् । यिनीहरुको प्रयोगले घरमा सकारात्मकता सिर्जना गर्छन् तर यसको स्थान भने वास्तुअनुरुप चयन गर्नुपर्छ अन्यथा उल्टो पनि हुनसक्छ ।

यो तपाईको भ्रम हो । नेपाल त अधिकांश वैदिक र सनातनी परम्परामा आधारित छ । हामी कहाँ अझै पनि बिहान बेलुका सन्ध्या जगाउने चलन जीवितै छ । हाम्रा संस्कारहरु वास्तुसम्मत छन् र हामीले यसलाई कम महत्व दिइरहेका छौ । वास्तुशास्त्रका सिद्धान्तहरूलाई आधार बनाएर आज विश्व बजारले आर्किटेक्चरको काम गरिरहेका छन् । उनीहरु विज्ञानको प्रयोग गरेर जमिनको क्षमता हेरेर निर्माण गर्छन् । अत्याधुनिक डिजाइनहरुबाट आन्तरिक र बाह्य उर्जालाई व्यवस्थित गरेका हुन्छन् । उनीहरु पनि प्राकृतिक ऊर्जाहरूसँग मिल्ने सामंजस्यपूर्ण वातावरण सिर्जना गर्न लालायित छन् ।

वास्तुमा ज्ञान प्राप्त गर्न धेरै तरिकाहरू छन् । बजारमा वैदिक वास्तुका ग्रन्थहरु पाइन्छन् । विभिन्न वास्तु अध्ययन गर्न पाइन्छ । वास्तुशास्त्रीहरुसँग सिकेर पनि यसको ज्ञान लिन सकिन्छ । वास्तु विज्ञानले पनि वास्तुशास्त्रको ज्ञान दिने व्यवस्था गरेको छ ।

अत्यन्तै राम्रो प्रश्न हो । वास्तवमा हामीले जीवनमा विभिन्न किसिमका अड्चनहरुको सामना गरिरहेका हुन्छौं । शारीरिक, मानसिक, आर्थिक समस्याहरु, चोरी, दुर्घटना, कार्यक्षेत्रमा तनाव, सामाजिक अपमान लगायत आकस्मिक समस्याहरुले सताइरहेको छ भने वास्तुदोष एउटा महत्वपूर्ण कारण हुनसक्छ ।

तपाईलाई जीवनमा केही असहज अवस्था सिर्जना भए जस्तो लागि रहेको छ । आफ्नो अधिकतम प्रयाशले पनि उद्देश्य प्राप्तिमा समस्या आइरहेको छ, सम्बन्धमा समस्या शुरु हुन थालेको छ, हानी नोक्सानीले तनाव दिइरहेको छ, रोग, शोक र अपमानको अवस्था सिर्जना भएको अनुभूति भइरहेको छ भने वास्तु परामर्श लिनुपर्छ । वास्तु विज्ञानले तपाईलाई वास्तुविद्हरुबाट परामर्श दिई आवश्यक उपचारमा सहयोग गर्छ ।

वास्तु परामर्शकालागि वास्तु विज्ञानसँग सम्पर्क राख्न सक्नुहुन्छ । वास्तु विज्ञानले प्रत्यक्ष या अप्रत्यक्ष (अनलाईन) का माध्यमबाट तपाईलाई सेवा प्रदान गर्नेछ ।

Blogs at Vastu Bigyan

Discover Interests