हाम्रो बारेमा

trendingproducts

हामीलाई थाहा छ कि हामी बस्ने र काम गर्ने वातावरणले हाम्रो शारीरिक, मानसिक र आध्यात्मिक क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्छ । आफ्नो वातावरण आफू अनुकूल भयो भने कार्य क्षेत्र र समग्र जीवनमा सकारात्मक प्रभाव हुनु स्वाभाविक नै हो ।

वास्तु सिद्धान्तले प्राकृतिक तत्वहरू, ऊर्जा प्रवाहहरू र ब्रह्माण्डीय शक्तिहरूसँग घर र कार्यस्थलहरूलाई सामंजस्यपूर्ण वातावरण सिर्जनामा सहयोग गर्छ । वास्तु सिद्दान्त पालना गर्नाले बस्ने र काम गर्ने ठाउँहरूमा सकारात्मक ऊर्जाको प्रवाह बढाएर शारीरिक स्वास्थ्य, मानसिक शान्ति र भावनात्मक सन्तुलनलाई बढावा दिन मद्दत मिल्छ । त्यसरी नै स्थायित्व, कार्य क्षमता बृद्धि र सकारात्मक उर्जालाई बढावा दिन साथै जिवनमा आइपर्ने अवरोधहरू हटाउन वास्तु विज्ञानले कार्य गर्छ । समृद्ध जीवन, सुखद् सम्बन्ध, पारस्परिक सम्मान र सद्भावको लागि अनुकूल वातावरण सिर्जना गरी आनन्दित जीवनकालागि वास्तु विज्ञान एउटा शास्त्रीय विधि हो ।

वास्तु विज्ञानको उद्देश्य ब्रह्माण्डीय ऊर्जाहरूसँग सन्तुलन कायम गरेर शारीरिक, मानसिक, आर्थिक तथा आध्यात्मिक पक्षलाई सबल बनाई मानव जीवनलाई सुखी, खुशी र आनन्दित बनाउने हो । त्यसैले हामीले तपाई सामु वास्तु विज्ञान डट कम नामक एक वेबसाइट सिर्जना गरेका छौं । यस वेबसाइटले वास्तुशास्त्रका विभिन्न पक्षहरू जस्तै पौराणिक मान्यताहरु, ऐतिहासिक निर्माणहरु, वैदिक शास्त्रका विधि तथा आधुनिक विज्ञानका मान्यताहरुसमेतका आधारमा वास्तुसम्मत निर्माण र सुधारकालागि सहयोग गर्नेछ । वास्तुलाई आफ्नो दैनिक जीवन र परिवेशमा कसरी लागू गर्ने भन्ने बारे मार्गदर्शन गर्ने यस वास्तु विज्ञानले प्रत्यक्ष या अप्रत्यक्ष –अनलाइन) परामर्श र सेवाहरू प्रदान गर्दछ । यसको प्रमुख उद्देश्य हरेक मानिसहरूको बसोबास गर्ने ठाउँहरू थप सामंजस्यपूर्ण र लाभदायक बनाउन मद्दत सकियोग भन्ने हो ।

“वास्तु“ शब्दको अर्थ निवास वा घर हो, र “शास्त्र“ को अर्थ विज्ञान वा ज्ञान हो । वास्तुशास्त्र अनुसार, ब्रह्माण्डमा सबै चीजहरू अन्तरसम्बन्धित छन् । मानव या प्राणी र तिनीहरूको वातावरणबाट अधिक प्रभावित भएका हुन्छन् । वास्तुशास्त्रका सिद्धान्तहरू निर्मित भवनले त्यहाँ निवास गर्ने वा काम गर्ने व्यक्तिहरूको समग्र कल्याण र सफलतामा सकारात्मक प्रभाव पार्छ । वास्तु विज्ञानले भवनको दिशा, आकार र स्थानको साथसाथै त्यस भित्रका वस्तु र कोठाहरूको स्थितिसहित पञ्चतत्वलाई ध्यानमा राखेर वास्तु परामर्श प्रदान गर्छ । पृथ्वी, अग्नि, जल, वायु र आकाश तत्वहरूलाई भवनसँग सन्तुलन मिलाउन सहयोग गर्छ । यसो गर्दा हरेक व्यक्ति या परिवारमा सकारात्मक उर्जा बढाउन, स्वास्थ्य, सम्बन्ध र समृद्धिमा सुधार गर्न मद्दत मिल्छ ।

आशा छः वास्तु विज्ञानको यो वेबसाइटको अधिकतम् उपयोग गर्ने व्यक्तिको जीवनमा समग्र हिसाबले सकारात्मकता आउने छ ।

Discover Interests