राशी होइन नक्षत्रको फल हेर्नुपर्छ

trendingproducts

न क्षरति, न सरति इति नक्षत्र ।

विज्ञानको विकासले मानव जीवन अत्यन्तै सहज बन्दै आइरहेको छ । विज्ञानको उच्चतम् खोजले नयाँ नयाँ विषय पत्ता मात्र लगाएको छैन अपितु मानवजीवनसम्मको पहुँच सहज बनाएको छ । आज विज्ञानका सामु परम्परा र वैदीक विषयहरुले अन्धविश्वास भन्ने आक्षेप खेप्नु परेको छ । आधुनिक विज्ञान प्रकृतिमा प्राप्त श्रोतहरुको अध्ययन, अनुसन्धान र मानवोचित उपयोगमा केन्द्रित छ । प्राकृतिक श्रोतबाट अधिकतम् मानवोपयोगी खोज अनुसन्धान गर्न सफल भइरहेको आधुनिक विज्ञानमा आकर्षण बढ्दै गर्दा मानव सभ्यतामा चल्दै आएका वैदीक र मौलिक परम्परा छाँयामा पर्दै आएका छन् । ऋषि मुनिको पालादेखि चल्दै आएको ज्योतिष शास्त्रप्रति पनि मानिसको प्रथम धारणा नकरात्मक नै रहने गरेको पाइन्छ । तर, जब मानिस शारिरीक तथा मानसिक रुपमा कमजोर हुन थाल्छ तब आध्यात्मिक र मौलिक परम्पराको खोजीमा लाग्छ । यी र यस्ता मानवीय स्वभाव कस्ता व्यक्तिमा हुन्छ भन्ने वैदीक ज्योतिषले पहिले नै अनुसन्धान गरिसकेको छ । यद्यपि मानिस ज्योतिष शास्त्र एउटा यस्तो विज्ञान हो जसमा प्रकृति र ब्रम्हाण्डका हरेक घटना र परिघटनाको पूर्व निर्धारित ज्ञानको प्रसारित गर्छ भन्ने तथ्यलाई स्वीकार्न चाहन्न ।

लाखौं करोडौं किलोमिटर टाढा रहेका ग्रह नक्षत्रहरुसँग मानिसको सम्वन्ध हुन्छ भन्ने कुरा काल्पनिक लाग्न सक्छ । यस्ता विषयहरु अध्ययन, अनुसन्धान र शास्त्रसम्मत तर्कहरुका आधारमा तथ्यसम्म पुग्न सकिन्छ । ज्योतिष शास्त्रले नक्षत्रहरुका आधारमा तथ्यगत विश्लेषण गरेको हुन्छ । सौर्यमण्डलमा रहेका अनेक ग्रह उपग्रह र नक्षत्र ताराहरुका आधारमा गणना गरी ज्योतिष शास्त्रले घटना परिघटनाको पहिचान गरेको हुन्छ । ज्योतिष शास्त्रका अथाह विधाहरुमा नक्षत्र र नक्षत्रहरुको गणना एउटा सानो विधा हो । सूर्यलाई केन्द्र बनाएर अनेक ग्रह उपग्रहहरु परिक्रमा गरिरहेकाछन् । सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनिजस्ता ग्रहहरु सूर्यको परिक्रमा गर्छन् भने चन्द्रमाले पृथ्वीलाई परिक्रमा गरिरहेको छ । जसरी पृथ्वीलाई चन्द्रमाले उपग्रहका रुपमा परिक्रमा गरिरहेको छ त्यसरी अन्य ग्रहहरुका पनि उपग्रहहरु छन् ।

वैदीक ज्योतिषमा नवग्रहका रुपमा राहु र केतु पनि समाबेश गरिएको छ तर छाँयाका रुपमा मात्र लिइन्छ जसको आफ्नो भौतिक रुप छैन । सौर्यमण्डलमा देखिने ग्रह र ताराहरु विभिन्न आकृति र रुपमा रहेकाछन् भने तिनीहरुको बनावटमा पनि विभिन्न फरक फरक तत्वहरु रहेको विज्ञानले पुष्टि गरिसकेको छ । विस्तृत चर्चा सम्भव छैन तर सूर्य र चन्द्रमाबाट पृथ्वीका प्राणी एवं वनस्पति प्रभावित भइरहेको हामी सबैले प्रत्यक्ष भोग्दै आएका छौं । व्यवहारिक रुपमा हेर्दा सबैले थाहा पाउने सूर्य र चन्द्रको प्रभावसँगै यदि गुरुत्वाकर्षण नहुने हो भने पनि व्रम्हाण्डको तालमेल शायदै हुन्थ्यो होला । सूर्यको प्रकाश र ताप, चन्द्रको शितलता, बृहस्पतिको गुरुत्वाकर्षण अनुभवजन्य नै छ ।

यी सबै चर्चाको कारण ज्योतिषशास्त्रको जीवन र जगत्मा प्रत्यक्ष प्रभाव छ भन्ने हो । आकाशका ग्रह र ताराहरुका आधारमा गणना गरी तय गरिएको ज्योतिष शास्त्रको सबैभन्दा सुक्ष्म आधार नक्षत्र मण्डलको गणना नै हो । नक्षत्रको गणना र पहिचानविना ज्योतिष सार्थक हँुदैन । नक्षत्रहरुको सुक्ष्म अध्ययन गरेर मात्र ज्योतिषीहरुले गणित र फलित विश्लेषण गर्ने गर्छन् । जन्म कुण्डली निर्माण देखि त्यसमा ग्रहहरुको स्थान तय र भविष्य कथनमा नक्षत्रको प्रमुख भूमिका रहन्छ । नक्षत्रहरुकै आधारमा हरेक ग्रहहरुको अवस्था निर्धारण हुन्छ । ग्रहहरुको स्थान, सबल, निर्बल लगायत अवस्थाको आधारमा भविष्य तय या निर्धारण हुने भएकोले यो सानो आलेखमा नक्षत्रको चर्चा समेट्ने प्रयाश गरिएको छ ।

वैदिक ज्योतिषमा नक्षत्रको खेल सबैभन्दा महत्वपूर्ण मानिएको छ । हरेक मानिसको जन्मदेखि मृत्युसम्म गरिने सोह्र संस्कार नक्षत्रका आधारमा तय गरिन्छ भने हरेक कुराको मुहुर्तमा पनि नक्षत्र कै महत्वपूर्ण भूमिका छ । जन्म समयमा चन्द्रमा जुन नक्षत्रमा छ त्यही नक्षत्रका आधारमा जन्म राशी, नामाकरण र अन्य विषयहरु तय गरिन्छ ।

सम्पूर्ण भचक्रमा २७ नक्षत्रलाई आधार बनाइएको छ । यिनै २७ नक्षत्रले हरेकको नामाकरणदेखि भविष्य तय गर्छन् । प्रचलनमा २७ नक्षत्रलाई प्राथमिकतामा राखिएको छ । तर, कुनै कुनै विषय प्रसंगमा एक अभिजित नक्षत्रलाई समेत समेटेर २८ नक्षत्र गणना गर्ने गरिन्छ ।

आखिर नक्षत्र के हो त ? त्यसैले शास्त्रमा भनिएको छ न क्षरति, न सरति इति नक्षत्र । अर्थात् नचलोस् न हल्लियोस् त्यही नक्षत्र हो । जब व्यक्तिको जन्म हुन्छ त्यो नक्षत्र नै उसको जीवनको आधार तय गर्ने नक्षत्र बन्छ । नक्षत्रलाई बुझ्नु अघि हामीले पहिले पृथ्वी र यसको गतिको बारेमा जानकारी राख्नुपर्छ । पृथ्वी अन्य ग्रहहरु जस्तै सूर्यको परिक्रमा गर्छ र आफ्नो कक्षमा पश्चिमबाट पूर्वतर्फ घुम्छ । यसरी घुम्दा एकातिर सूर्यको किरणसहित दिन र अर्कोतर्फ अन्धकार या रात हुन्छ । पृथ्वीका दुई भाग छन् एकातिर उत्तरी धु्रव र अर्कातिर दक्षिणी धु्रव छ । एकातिर उज्यालो आकाश र अर्कातिर अध्यारो आकाश हुन्छ । यसरी दुवैतिर आकाशमा फरकफरक समयमा देखिने ताराहरु समूहको अवस्थालाई ज्योतिष शास्त्रले नक्षत्र नामाकरण गरेको छ । यी अथाह तारा आकृतिहरुमध्ये ज्योतिष शास्त्रले २७ ताराहरुको समूहलाई नक्षत्र मण्डलमा समेटेको छ ।

वैदिक ज्योतिषमा नक्षत्रलाई व्यक्तिको जन्म समयको गणनाबाट शुरु गरिन्छ । जन्मसमयमा चन्द्रमा कुन नक्षत्रमा छ सोको आधारमा सम्पूर्ण जन्मकुण्डली तयार हुन्छ । भचक्रका २७ नक्षत्रहरुलाई अश्विनी, भरणी, कृतिका, रोहिणी, मृगशिरा, आद्र्रा, पुनर्वसु, तिष्य, अश्लेषा गरी पहिलो चरणमा समेटिएको छ भने मघा, पूर्वफाल्गुनी, उत्तराफाल्गुनी, हस्ता, चित्रा, स्वाती, विशाखा, अनुराधा, ज्येष्ठा गरी दोश्रो चरणमा र तेश्रो चरणमा मूल, पूर्वाषाढा, उत्तराषाढा, श्रवण, धनिष्ठा, शतभिषा, पूर्वभाद्रपदा, उत्तरभाद्रपदा र रेवती नक्षत्र गरी नामाकरण गरिएको हो । यी तीन चरण प्रत्येक नौ ग्रहलाई पालैपालो नक्षत्र स्वामी बनाइएको छ । यसरी एक ग्रहलाई तीन नक्षत्रका स्वामी बनाइएको हो भने नक्षत्रलाई चार चरणमा विभक्त गरी २७ नक्षत्रलाई १०८ चरणमा विभाजन गरिएको छ । प्रत्येक नक्षत्रलाई चार अक्षर दिइएको छ र त्यही चरणमा परेको अक्षर हाम्रो नामको पहिलो अक्षर हुन्छ । हरेक नक्षत्रका आफ्नै कथाहरु छन् । नक्षत्रका अलग अलग स्वभाव र गुणहरु छन् ।

जन्मसमयमा जुन नक्षत्र हुन्छ त्यही नक्षत्रले जीवनको कथा तय गर्ने गर्छ । नामाकरणसँग उसको जीवनभरको दशा, अन्तर दशा तथा घटना परिघटना यसैले तय गर्छ । प्रत्येक नक्षत्रका स्वामी ग्रह उनीहरुको अवस्था र दुरीका आधारमा जीवनमा के कस्ता घटनाहरु हुने भन्ने तय हुन्छ । आकाशमा देखिने अनेक ताराहरु मध्ये गणनाका लागि तय गरिएका २७ नक्षत्रहरुको तारा समूहसँगै अन्य ताराहरु पनि आधुनिक विज्ञानले अध्ययन अनुसन्धान गरिरहेका छन् । खगोलको अध्ययनबाट आएका निश्कर्ष पनि ज्योतिषशास्त्रलाई थप प्रमाणित गर्ने नै देखिन्छ ।

नक्षत्रकै आधारमा १२ राशीको निर्धारण गरिएको छ । २७ नक्षत्रलाई १२ राशीमा विभाजन गरी प्रत्येक सवा दुई नक्षत्रले एक राशी निर्माण गरेका छन् । सम्पूर्ण भचक्रको ३६० डिग्रीलाई १३ डिग्री २० मिनेटका दरले २७ भागमा बाँडिएको छ । त्यसमा पनि एक नक्षत्रलाई चार भाग गरी प्रत्येक भागमा ३ डिग्री २० मिनेट दिइएको छ । प्रत्येक नक्षत्रका अलग अलग देवता र अलग अलग स्वामी ग्रह छन् ।

सूर्य चन्द्रमा मंगल राहु बृहस्पति शनि बुध केतु शुक्र

कृतिका रोहिणी मृगशिरा आद्र्रा पुनर्वसु तिष्य अश्लेषा अश्विनी भरणी उत्तराफाल्गुनी हस्ता चित्रा स्वाती विशाखा अनुराधा ज्येष्ठा मघा पूर्वफाल्गुनी टेटोपापी पुषणठ उत्तराषाढा श्रवणधनिष्ठा शतभिषा पूर्वभाद्रपदा उत्तरभाद्रपद रेवती मूल पूर्वाषाढा 

प्रत्येक तीन तीन नक्षत्रको एउटा ग्रहले स्वामित्व लिएका छन् भने राशी निर्माणमा पनि प्रत्येक दुई नक्षत्रका चार चार चरण र अर्को एक नक्षत्रको एक चरण गरी नौ चरण समावेश गरिएको छ । गणनाको सहजताकालागि अश्विनी भरणी पुरै र कृतिकाको एक भाग मेष राशीमा पर्छ । कृतिकाको बाँकी तीन भाग, रोहिणीको चार भाग र मृगशिराको थप दुई भाग वृष राशीमा पर्छ । अव मृगशिराको बाँकी दुई भाग आद्र्रा पुरै र पुनर्वसुको तीन भाग मिथुन राशीमा पर्छ भने पुनर्वसुको एक भाग तिष्य र अश्लेषा पुरै कर्कट राशीमा पर्छ । यसरी प्रत्येक नौ नक्षत्रले चार राशी निर्माण गर्छन् भने २७ नक्षत्रले १२ राशीको निर्धारण गर्छन् । एक राशीमा तीन नक्षत्र समेटिने र प्रत्येक नक्षत्रका अलग अलग स्वामी ग्रह हुने भएकोले राशी एउटै भए पनि नक्षत्रको चरण फरकका कारण प्रभाव पनि फरक हुन्छ ।

नक्षत्रको गुण र स्वभावका आधारमा धु्रव, चर, उग्र, मिश्र, मृदु, तिक्ष्ण, दारुण जस्ता संज्ञा दिइएको छ । धु्रव संज्ञक नक्षत्रमा रोहिणी, उत्तरफाल्गुनी, उत्तरषाढा, उत्तरभाद्रपद पर्छन् भने चर संज्ञक नक्षत्रमा स्वाती, पुनर्वसु, श्रवण, धनिष्ठा र शतभिषा नक्षत्र पर्छन् । पूर्वषाढा, पूर्वफाल्गुनी, पूर्वभाद्रपद, भरणी र मघा नक्षत्र उग्र संज्ञक हो भने विशाखा र कृतिका मिश्र संज्ञक नक्षत्र हो । त्यसरी नै हस्ता, अश्विनी, तिष्य नक्षत्र क्षिप्र संज्ञकमा पर्छ भने मृदु संज्ञक नक्षत्रमा मृगशिरा, रेवती, चित्रा र अनुराधा पर्छन् र मूल, ज्येष्ठा, आद्र्रा र अश्लेषा तिक्ष्ण अर्थात् दारुण समूहमा पर्छन् । विभिन्न कार्यहरुकालािग नक्षत्रको स्वभाव अनुसार मुहुर्त तय गरिन्छ । स्थायी कार्यका लागि ध्रुव संज्ञक, द्रुत कार्यकालागि चर संज्ञक, आक्रामक कार्यकालागि उग्र नक्षत्रहरुको उपयोग गर्नुपर्छ ।

मुहुर्त विचारमा नक्षत्रलाई सुक्ष्म विश्लेषण गरी नक्षत्रको स्वभाव अनुसारको कार्य स्वभाव तय गरिन्छ । मुहुर्त चिन्तामणि, मुहुर्त विचार, मुहुर्त विज्ञान जस्ता शास्त्रहरुले नक्षत्रलाई उध्र्वमुख, अधोमुख, तिर्यङ्मुख, अन्धलोचन, मन्दलोचन, मध्यलोचन, सुलोचन गरी विभाजन गरी विश्लेषण गरिएको पाइन्छ ।

र, अन्त्यमा ज्योतिषीय गणना नक्षत्रकै आधारमा गरिने र हरेक कार्यमा नक्षत्रलाई नै आधार बनाइन्छ । जन्मदेखि मृत्युपर्यन्तका सम्पूर्ण कार्यहरुमा नक्षत्रको स्वभाव अनुसारको मुहुर्त तय गरी गरिन्छ । जुन नक्षत्रमा जन्म भयो त्यही नक्षत्रले नाम र दशा तय गर्छ । नक्षत्रका देवता र स्वामी ग्रहको स्वभाव अनुसार व्यक्तिको स्वभाव र व्यवहार हुन्छ । जन्म नक्षत्रका आधारमा शुभ अशुभ नक्षत्र र दशाा ज्ञात हुन्छ । जन्म नक्षत्रलाई जन्मतारा भनिन्छ भने नौ तारालाई जन्म, सम्पत, विपत, क्षेम, प्रत्यरी, साधक, बध, मित्र र अतिमित्र तारा तय हुन्छ । यी तारा र तारापतिका आधारमा दशा अन्तरदशाका फलहरुको विश्लेषण गरिन्छ । त्यसैले राशीफल हेर्ने हाम्रो वानी भएपनि नक्षत्रका आधारमा फलादेश गर्दा सत्य नजिक पुग्न सकिने हुँदा राशीफल होइन नक्षत्र फल हेर्नुपर्छ ।

Discover Interests